Wednesday, December 24, 2008

फेरि नेपाली भू-भाग अतिक्रमित

(राजधनी दैनिक )
दाङको सीमावर्ती क्षेत्रअर्न्तर्गत भौवा नाका र सालभौरी गाउँका केही भाग भारतले अतिक्रमण गरेको माओवादीको स्थानीय नेतृत्वले जानकारी गराएको छ ।
दाङको दक्षिणी सिमानामा पर्ने ती क्षेत्रमा बस्दै आएका नेपालीहरूले आफ्ना घरजग्गाहरू नियोजितरूपमा भारतीय पक्षले आफ्नो मुलुकमा पारेको जानकारी दिएपछि माओवादीको स्थानीय नेतृत्वले खोजबिन गरेको माओवादीको स्थानीय नेतृत्वले जनाएको हो ।
यसअघि माओवादीले सुस्तालगायत नेपाली भू-भाग अतिक्रमण गरेको कुरा र्सार्वजनिक भएपछि त्यसको चर्को विरोध भएको थियो ।
सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरूले भूमि अतिक्रमणका साथै भारतीय पक्षले उपभोग्य वस्तुमाथि समेत नाकाबन्दी गरेको जनाएका छन् । यसैबीच, माओवादीको सीमावर्ती क्षेत्र एरिया नम्बर १६ का सेक्रेेटरी शिखर खड्काले सीमा अतिक्रमणका सवालमा सरकारलाई संवेदनशील बन्न आग्रह गरेमा छन् । बिहीबार एक विज्ञप्तिमार्फ खड्काले अतिक्रमित भू-भागबाट तत्काल भारतीय पक्षलाइ हटाउनुपर्ने माग गरेका हुन् ।
दाङको कोइलाबास, भौवानाका, सुनपत्री, भित्री सिक्टा र बाहिरी सिक्टालगायतका गाउँहरू भारतीय सीमासँगै रहेका छन् ।

No comments: