Monday, December 15, 2008

प्रकाशनको केही समयमै एक हजार प्रति बिक्री हुनु सामान्य भएको छ

केही वर्षदेखि नेपाली पुस्तकका पाठक सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । यद्यपि किताबको बिक्रीबाटै बाँच्न सकिने स्थिति अझै नबनेको अनुभव छ, अधिकांश कलमजीवीको । तीन दर्जन आख्यानहरूका स्रष्टा ध्रुवचन्द्र गौतम भन्छन्, "मेरा उपन्यासहरू अलि बढी पढिनेमा गनिन्छन् तर पनि जीविका चल्ने गरी नै आम्दानी हुने स्थिति भने छैन ।" उनका विचारमा साहित्यबाहेकका जनचासोका घटनामा आधारति किताबहरूको बिक्रीले भने सुधारात्मक गति लिएको छ । आख्यान र कवितामै पनि अलग ढङ्गका विषयवस्तु भएका पुस्तकहरूका पाठक बढेका छन् ।
आजका पाठक नौलो र समसामयिक कुराहरूमा बढी चासो राख्छन् । तात्ताता घटनामा केन्दि्रत विषयमा जानकारी लिन रुचाउँछन् । त्यसैले उनीहरू आफ्नै अगाडि घटित सन्दर्भहरू पुस्तकमा पढ्न पाउने लालसा राख्छन् । पल्पसा क्याफे, छापामारको छोरा, सुकरातका पाइला, उलार, राधा, दुर्भिक्षजस्ता कृतिलाई पाठकले उपन्यास भएरभन्दा पनि समसामयिक विषयवस्तुलाई बुझ्न र तिनमा के रहेछ भन्ने जिज्ञासा र रहस्य मेट्न पनि पढेका हुन् ।
छापामारको छोरो १५ हजारको हाराहारीमा छापिए । यसका लेखक महेशविक्रम शाह यो कृति यति धेरै बिक्री हुनुको पहिलो कडी समसामयिकतालाई नै ठान्छन् । भन्छन्, "मुलुकमा एक दशक चलेको द्वन्द्वको पृष्ठभूमिमा लेखिएकाले छापामारको छोरोलाई पाठकले उत्सुकतावश पढे ।" यसले मदन पुरस्कार प्राप्त गरेपछि त्यसको प्रचारले पनि आमपाठकमा पढ्नेहरूको सङ्ख्या थप्यो । कुनै पनि पुरस्कारले किताबको महत्त्व एकदमै बढाउने बताउँछन्, भृकुटी प्रकाशनका लिखत पाण्डे ।
यसबाट पनि नेपाली पुस्तकहरूप्रति पाठकको अभिरुचि बढ्दै गएको अपेक्षा गर्न सकिन्छ । विदेशी पुस्तकका हिन्दी र नेपाली अनुवाद पढेर रमाउने पुस्ताबाट रूपान्तरति हुँदै आजको पुस्तासम्म आइपुग्दा पाठकको अभिरुचिमा पनि आमूल फेरबदल भएको छ । रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठ साहित्यभन्दा फरक धारका किताबहरू बढी पढिने बताउँछन् । जासुसीको जालो पुस्तकको उदाहरण दिँदै श्रेष्ठ भन्छन्, "यस्ता फरक विषयवस्तुमा आधारति किताबमा पाठकको ध्यान गएको छ ।"
पुस्तकको लोकपि्रयतामा यी विभिन्न मत र विचारहरू हुँदाहुँदै पनि एउटा कुरामा ठोकुवा गर्न सकिन्छ । त्यो के भने विधा जुनसुकै होस्, त्यसमा उठाइएका प्रसङ्गसँग पाठक कत्तिको रत्तिन सकेको छ, अध्ययन स्वभावमा त्यो महत्त्वपूर्ण कुरा बन्दैछ ।



साहित्य समाज र समकालीनताभन्दा पर रहन सक्तैन । साहित्य भनेकै समाजलाई चिनाउने माध्यम पनि हो । त्यसैले उहिलेको सेतो बाघदेखि अहिलेको अन्तर्मनको यात्रासम्म पाठकका दृष्टिमा जँचे र स्वीकृति पाए ।
सरोजराज अधिकारी आफ्नो कृति, जासुसीको जालो पाठकको चासोका कारण नै धेरै पढिएको बताउँछन् । उनी यो किताब प्रकाशन भएको तीन दिनमै अर्को संस्करण निकाल्नुपरेको स्मरण गर्छन् । उनले पुस्तक प्रकाशन भएको तीन महिनामा तीन लाख रुपियाँ बराबरको बिक्री भएको अनुभव बटुलेका छन् ।
सेतो बाघजस्तै सर्वाधिक पढिएको आख्यान बसाइँले पनि आफ्नै कृतिमान बनायो । भानुभक्तको रामायण, मुनामदन, गौरीजस्ता काव्यहरू यिनमा प्रयुक्त सरल भाषा र विषयवस्तुका कारण पनि आमनेपाली पाठकको मनमा बास बस्न सफल भएका हुन् । रामायण र मुनामदन नेपाली काव्य साहित्यका 'आइकोन' नै हुन् भन्दा पनि अर्घेलो हुँदैन । जगदीश घिमिरे बोधगम्य र गहनता भएका साहित्यिक कृतिहरू पाठकका दृष्टिमा खरो उत्रिने बताउँछन् । रामायण र मुनामदन यही विशेषताले गर्दा बढी बिक्री भएका उनको ठहर छ ।
यस अर्थमा नेपाली किताब पढ्ने पाठक छन्, बरु पाठकको रुचि समात्न सक्ने लेखकहरूकै अभाव छ भनेर ठोकुवा गर्न सकिन्छ । यसमा सहमत आख्यानकार घिमिरे पाठकले परीक्षामा पाठ बुझाउनुपर्ने खालका दुरुह भाष्य र शैलीका पुस्तक पढ्न नरुचाउने बताउँछन् । घिमिरेको अनुभवले भन्छ, जनताको व्यथा, जनताकै भाषामा लेखिएका कुनै पनि कृति पाठकका रुचिका विषय हुन् । माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म घटना र खगेन्द्र सङ्ग्रौलाको भाषाशैलीको उत्कृष्टताले गर्दा नै लोकपि्रय र पठनीय बनेको हो । वास्तवमा जति भाषामा मिठास हुन्छ, त्यति नै कृति पठनीय हुने कुरा उहिलेदेखि अहिलेसम्म नै स्थापित छ ।
यसबाहेक चर्चित मानिसबारे लेखिएका जीवनीपरक, ऐतिहासिक र घटनाप्रधान कृतिहरू पाठकले बढी पढ्ने अनुभव छ, गोविन्द श्रेष्ठको । सेतो बाघको सफलताको कारक यो पनि हो । डायमनशमशेर राणाले अहिलेसम्म आफ्ना कृतिबाट साढे सात लाख रुपियाँ लेखकस्व बुझेका छन् । "पूर्ण सन्तोष नै नभए पनि आशा जागेको छ," लेखकस्वबाटै जीविकोपार्जन भइरहेको बताउने ९१ वषर्ीय राणा भन्छन्, "यो धुन्धानै रकम त होइन, जति पाइरहेको छु, त्यसबाट निराश पनि छैन ।"
राणाको समय र अहिलेका अवस्थामा ठूलो परविर्तन आएको छ ।



आज कुनै पनि किताबको बिक्रीका लागि महिनौँ पर्खिनुपर्दैन । दुई वर्षमा आठौँ संस्करण निस्केको महेशविक्रमको छापामारको छोरो होस् वा आठ महिनामा आठौँ संस्करण निस्कन सफल घिमिरेको अन्तर्मनको यात्रा अथवा तीन महिनामै पाँचौँ संस्करणको सँघार नाघेको अधिकारीको जासुसीको जालो होस्, यिनले पुराना परम्परालाई भत्काएर कीर्तिमान बनाएका छन् । वाग्लेको पल्पसा क्याफे, सञ्जीव उप्रेतीको घनचक्कर, कृष्ण धरावासीको राधा, गोविन्दराज भट्टराईको सुकरातका पाइलाजस्ता कृतिले पनि नेपाली पाठकलाई किताब पढ्न जाँगरलिो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । ''पाठकले नजिकबाट अनुभव गरेका घटनाहरूलाई अक्षरहरूमा उतारेको किताबले पाठकको मन जित्छ," शाह भन्छन्, "लेखकले पाठकको रुचि र भावनालाई बेवास्ता गर्नुहुँदैन ।"
विषयवस्तुका दृष्टिले असम्बद्ध हुँदाहुँदै पनि कतिपय कृतिहरूले पाठकको ध्यान तानेका छन् । जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा यसको एउटा उदाहरण हो । आत्मालाप साहित्यभित्र पर्छ/पर्दैन बहसको विषय हुन सक्छ तर यो नयाँ प्रयोग भने अवश्य हो । पछिल्लो समय यही नयाँ विधाको अन्तर्मनको यात्रा सर्वाधिक बिक्री हुने पुस्तकमा दरएिको छ । चितवनका धनराज गिरी भन्छन्, "यो कृति मैले पहिला कसैबाट लगेर पढेँ र पछि मन परेपछि किनेरै घरमा ल्याएँ ।"
प्रचारप्रसार पनि धेरैलाई किताब पढाउने गतिलो माध्यम हो । "पत्रपत्रिका या विभिन्न मिडियामा हुने चर्चाले त पाठक बढाउन भूमिका खेल्छ नै," घिमिरे भन्छन्, "त्योभन्दा पनि सशक्त माध्यम पाठकको मौखिक प्रतिक्रिया नै हो ।" राम्रो या नराम्रो कृतिको चर्चा पाठकको मुखमुखबाटै छिटो र प्रभावकारी रूपमा हुन्छ । मानिसलाई उत्साह जगाउने सकारात्मक भावका किताबहरूले पनि पाठकमा अमिट छाप छोड्नसक्छ ।
समष्टिमा भन्ने हो भने पुस्तक पढ्नेहरूको सङ्ख्या वृद्घसिँगै गम्भीर जिम्मेवारी पनि थपिएको छ लेखकहरूमा । आजको लेखकले आत्मरतिका लागि मात्र लेख्ने पुरातन मान्यताबाट उठेर पाठकलाई केन्द्रविन्दु बनाएर नै कलमको निप अघि सार्नुपर्ने दायित्व छ । खगेन्द्र सङ्ग्रौलाले प्रयोग गर्ने 'कनेर लेखेका' किताबहरू अबका पाठकले कनेरै पढ्नुपर्ने बाध्यता छैन ।

No comments: