Friday, December 19, 2008

बहुप्रतिभशाली प्रधानमन्त्री प्रचन्ड


कृषि बिज्ञानमा स्नातक गरेका प्रधानमन्त्री कृषिबिज्ञानमा त राम्रै ज्ञान होला भन्ने विश्वाश थियो । भूमिगत जनयुद्दमा त झन नहुने कुरै भएन किनकी उनले "प्रचन्ड पथ " नै सुत्रपात गरे । हाम्रा प्रधान्मन्त्री बडा प्रतिभशाली रहेछन, बायु उर्जामा पनि उनको बडो दक्षता रहेछ , अचम्म लागे तलहेर्नुस् न नर्वे र फिन्ल्यान्ड जाने रे त्यसैको अध्ययनको लागि। सबै प्रधामन्त्रि एस्तै बहुप्रतिभशाली भएको भय त अहिले कल्पना गरेको नयाँ नेपाल धेरै पहिले नै बन्ने रहेछ। अहिलेको जस्तो दिनको दश घण्टा लोडशेंडिङ कहिले पनि भोग्न पर्ने थिएन होला। यो सब प्रचन्ड ढिलो जन्मिदिनाले हामीले ब्योहेर्नु परेको !!!!

वायु ऊर्जा बुझ्न नर्वे'
कास
काठमाडौं, पुस ३ - प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धस्तरमा काम गर्दा पनि दुई वर्षमा उल्लेख्य जलविद्युत् उत्पादन हुन नसक्ने भएकाले तत्कालको समस्या हल गर्न थर्मल प्लान्टबारे सोचिएको बताए ।
'१५/२० ठाउँमा १०/१० मेगावाटका दरले विद्युत् निकाल्न सकियो भने लोडसेडिङ ७ घन्टामा झार्न सकिन्छ,' उनले बिहीबार बालुवाटारमा पत्रकारहरूसँग भने, 'यो तत्कालको समाधान मात्र हो, नत्र हाम्रो जोड त जलविद्युत्मै हो ।'
ऊर्जा संकटका उपाय खोज्न आफू निकट भविष्यमा नर्वे र फिनल्यान्ड जान लागेको प्रधानमन्त्रीले बताए । जलविद्युत् विकास र वायुऊर्जाबाट विद्युत् उत्पादन गर्ने प्रविधिबारे नर्वेमा अध्ययन गर्ने उनको भनाइ थियो ।
'काठमाडौं वरिपरि र खासगरी पश्चिम नेपालका डाँडाहरूमा वाइन्ड पावर उत्पादन हुनसक्छ भन्ने कुरा छ, त्यसको सम्भाव्यताबारे अध्ययन गर्नेछु,' उनले भने ।
Posted on: 2008-12-18 20:56:14 (from Kantipur Daily)
तर बिगतमा जस्तै यसपटक पनि सब्-परिबारको राजनीतिक भने पनि परिवारिक भ्रमण्ड पो हुने होकी त्यो त भबिस्यमा नै थाहा होला । प्रचन्ड को अध्य्यन भ्रमण्डलाई अग्रिम शुभकामना !!!!!!!!!

No comments: