Tuesday, December 16, 2008

इन्टरनेट एक्स्प्लोररमा सुरक्षा खतरा

संसारमा सबैभन्दा धेरै मानिसले इन्टरनेट चलाउन प्रयोग गर्ने ब्राउजर ´इन्टरनेट एक्स्प्लोरर´मा ´गम्भीर सुरक्षा खतरा´ देखिएको छ। उक्त समस्या समाधान नभएसम्म अर्कै ब्राउजर प्रयोग गर्न माइक्रोसफ्ट आफैंले सुझाव दिएको छ। इन्टरनेट विज्ञहरुका अनुसार माइक्रोसफ्टको ´इन्टरनेट एक्स्प्लोरर´मा देखिएको समस्याको फाइदा उठाउँदै साइबर अपराधीहरुले प्रयोगकर्ताको कम्प्युटरमा छिरेर पासवर्ड चोर्न सक्नेछन्। ´इन्टरनेट एक्स्प्लोरर´मा देखिएको समस्या समाधान गर्ने प्रयास भइरहेको र तत्कालको लागि आपतकालीन उपाय ल्याउने तयारी गरिएको माइक्रोसफ्टले जनाएको छ। माइक्रोसफ्टले ´इन्टरनेट एक्स्प्लोरर भर्सन सेभेन´ मा उक्त सुरक्षा खतरा देखिएपनि अन्य भर्सनहरुमा समेत समस्या हुन सक्ने जनाएको छ । पछिल्लो तथ्यांक अनुसार संसारमा झण्डै ७१ प्रतिशतले माइक्रोसफ्टको ´इन्टरनेट एक्स्प्लोरर´ प्रयोग गर्छन् ।
Source: Dainikee (New Nepali Newspaper)

No comments: