Sunday, November 30, 2008

बिचरा बामदेव : गर्छु भनेर के गर्ने!!!

चन्दा असुल्ने माओवादी छुटे
कास
काठमाडौं, मंसिर १४ - ठेकेदार कम्पनीस“ग चन्दा माग्दामाग्दै शुक्रबार राति पक्राउ परेका माओवादीनिकट १५ कार्यकर्तालाई प्रधानमन्त्रीको आदेशमा लगत्तै रिहा गरिएको छ ।
अरुण-बरुण र्सर्भिसेज कम्पनीमा जबर्जस्ती कर संकलन गरिरहेका माओवादीनिकट अखिल नेपाल सेक्युरिटी संघका कार्यकर्तालाई सिंहदरबार प्रहरी प्रभागले पक्राउ गरेको थियो ।
पक्राउको चार घन्टा नबित्दै संघका महासचिव शालीग्राम काफ्ले सहितको टोली प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा छुटेको गहृमन्त्री वामदेव गौतमले खुलासा गरेका छन् । उपत्यकाका एक डिआईजीलाई प्रधानमन्त्री आपै+mले फोन गरेर छुटाउन निर्देशन दिएको उनले बताएका हुन् ।
तीन लाख रुपैया“ नदिए उपत्यका छाड्ने धम्की संघका कार्यकर्ताले दिएपछि जीउधनको सुरक्षा माग गर्दै कम्पनीका सेयर सदस्य गोपाल गौतम र कानुनी सल्लाहकार तुलसी पराजु्ली शनिबार गृहमन्त्री निवास पुगेका थिए ।
'प्रधानमन्त्रीको निर्ण्र्ााम परिवर्तन गर्न सक्दिन,' गौतमको जवाफ थियो । अरुण-बरुण र्सर्भिसेज कम्पनीले गंगालाल हृदय रोग केन्द्र र सडक विभागमा सरसफाइको जिम्मा पाएको थियो । कम्पनीले त्यहा“ सगंठन निकट कार्यकर्ता भर्ती गरेर चन्दा माग गर्दै आएको थियो ।
शुक्रबार सडक विभाग बबरमहल पुगेका संघका महासचिव काफ्लेको समूहले सेयर सदस्य गौतम र पराजुलीलाई कुटपिट गरेको उनीहरूको आरोप छ ।
Source: Kantipur Daily
बामदेब ज्यु ! गृह मन्त्री छोडेर उप-प्रधानमन्त्री मात्र लिएर बस्दा बेस होला कि ! प्रचन्डलाई गृह तथा प्रधानमन्त्री दिंदा कसो होला ?

No comments: