Saturday, November 8, 2008

हरि र हेमा बदिनी

NAYA PATRIKA

... हरि अधिकारीको ब्लडप्रेसर बढेको छ । दिनमा दुईपल्ट ट्याबलेट नलिई सुख छैन । के-के ले बढ्छ, ब्लडप्रेसर ? खुसी, पीडा या उमेरले । यी तिनै विकल्प हरि अधिकारीसँग छन् । खुसी, त्यै त, साझा पुरस्कार । पीडा ? हरि अधिकारीमाथि बनेका किंवदन्ती, ती सुनेर कहिलेकाहीँ उनी फिस्स हाँसिदिन्छन् । उमेर, ५६, अघि र पछिका अंक । के स्त्री र हरि अधिकारी, किताब र गाताजस्तै हुन् ? बजारमा हल्ला त त्यस्तै हुन्छ । तर, उनी त्यस्तो मान्दैनन् । हल्ला भए पनि के ? भन्छन्, 'त्यो हल्ला गर्नेको काम हो । म त्यस्ता हल्लालाई वास्ता गर्दिनँ ।' हरि अधिकारी किन जन्ड छ ? हरि अधिकारी किन यति बद्नाम छ ? कारण हरि अधिकारीबाहेक सबैलाई थाहा छ । नलिनचोक, भक्तपुरदेखि लुरुलुरु न्युरोड कवि-कुनासम्म आफ्नो काया लतार्दै हिँडिरहने उनलाई सोचेजति प्रश्न गर्न सकिन्न । उधिन्न त एक जुगले पुग्दैन ।'कालाखोलाको किनारमा', साना काँठीका दुब्ला आइमाईहरू', पुतली सडकको मोडमा', किन चुम्यौ तिमीले मेरा आँखा', 'तरुण विधवा' 'मासु पसलकी स्त्री', 'गार्मेन्टकी गायत्री' 'क्याविनकी कल्पना'सँगै कैयौं कविता-शीर्षकको दायाँपट्टि हरि अधिकारीको नाम बाक्लो फन्टमा भेटिन्छ । किन हरि अधिकारीका कविता-पात्र स्त्री मात्रै हुन्छन् ? 'स्त्रीका र अरू कविताका बीच फरक छैन,' औंलाको सुनको औंठीसहित हात नचाउँदै कुरोको चुरो सुनाए, 'नेपालका विभिन्न अवस्थामा रहेका, मानसिक र भौतिक रूपमा पिछडिएका आइमाईहरू मेरा कविताका प्रमुख विषय हुन् ।' हरि अधिकारीलाई कसको डर ? कुर्सीमा पछाडि तन्किँदै भनिदिए, 'यो मेरो स्वेच्छाले रोजेको र मनपर्ने विषय हो ।'
'तपाईंलाई एउटा कुरा बताइदिऊँ... मसँग निकट भएका आइमाईहरूले मप्रति कुनै गुनासो गरेकै छैनन् । चड्कनको कुरा छाडिदिनुस् ।'काठमान्डूमा जाडो तल ओर्लिरहेको छ । पुरानो बानेश्वरको एउटा क्याफेमा हरि अधिकारी पाखुरा कैंची पारेर प्रश्न कुरिरहेका छन्, जसरी छेउको टेबुलमा यौवन भरिनसकेका युवती पिज्जा कुरिरहेका छन् । चेन्जेवल चस्माको सतह सेतो हुँदै आएको छ, जसरी कपालका कापकापका रौं । ५६, वर्षमा सन्ताउन्न चक्कर खाएका उनी अब अलि मन्द गतिमा जीवनको बाटो हिँड्न चाहन्छन् । शान्त । लयदार । आइमाई, महिला, स्वास्नीमान्छे, कतिथरी सम्बोधन बनेका छन्, स्त्रीका लागि ? त्यति धेरै स्त्रीका कविता लेख्ने एक कवि हरि अधिकारीलाई मन पर्छ, कुन सम्बोधन ? 'आइमाई, मैले बढी प्रयोग गर्ने शब्द हो । कुनैमा स्त्री पनि छ,' तर, बीचमा गाँसियो, 'महिला शब्द अहिलेसम्म प्रयोग गरेको छैन ।'कविले वर्णन गर्न बिर्सिएका कुनै अंग बाँकी छन् र ? स्त्रीहरूमा । ओठ, हत्केला, नाक, निधार, परेला, आँखा, नितम्ब, कुर्कुच्चा, स्तन के-के छैनन्, कवितामा ? अब बाँकी जे-जे बाँकी रहन्छन्, हरि अधिकारीका कवितामा खोज्नुस् । जे भए पनि, कुन भाग्यमानी अंग होला, जो हरि अधिकारीका लागि सबैभन्दा बढी आकर्षक छ, र कवितामा दोहोरिरहन्छ ?'आँखा', हातमा खाली एस्ट्रे नचाउँदै मुस्कुराए, 'कस्तो आइमाईको कविता हो, त्यसले पनि प्रभाव पार्छ । आइमाईका अंगहरूमा सबैभन्दा बढी प्रभावशाली अंग आँखा हो ।' उनीमाथि उनकै कविताको पंक्तिले हमला गर्‍यो- मरिसकेको आँखाले पनि केही भन्छ । मैले उनकै कविता किन चुम्यौ तिमीले मेरा आँखा ? सम्झिए । यो कविता त कतिलाई शब्दशः याद पनि छ,
मैले त बेचेकी थिएँ तिमीलाई मेरो हृदयभन्दा तलको अंशलालिमा गुमाइसकेका मेरा योनीका डिलहरू,तिखारिन नमान्ने छातीका मुन्टाहरूर व्यापारिक हतारोमा थर्कने र चिसिने नितम्ब,किन चुम्यौ तिमीले मेरा आँखा ?मैले आफैंबाट पनि जोगाएर राखेकायी आँखाहरू नै त थिए मसँग बाँकीयिनले देखेका थिए, कुनै दिन मेरो सपनाको राजकुमारलाई ।
यो कविताको प्रशंसामा टेबुलभरि केही हरफ फूल लेखिए । तिनलाई हृदयमा सिउरेर हरि अधिकारी मुस्कुराए । मुस्कान फक्रियो र ओइलायो । मैले सुनाइदिएँ, 'तपाईंलाई त नाइटोमुन्तिरको कवि भन्छन्, नि !' 'यो मेरो कविताको विकृत व्याख्या हो,' आवाजमा गहिरो भाइब्रेसन भरियो, 'मेरो कविता बढीभन्दा बढी आइमाईको हृदयसम्म जान्छ ।'दुई कप मिल्ककफी । एक-एक चुस्की । 'नाइटोमुन्तिरको वर्णन र प्रसंग उठे पनि, नाइटोमास्तिर हृदयहुन्छ,' आफ्नो कविता व्याख्यान, 'त्यसलाई छुने प्रयत्न हो, मेरो कविता ।'मैले यस्तो सोध्दा छेउकी युवतीले घुरेर हेरिन्- आइमाईको मामलाका तपाइर्ं यत्ति किन बद्नाम ?'बद्नाम भन्ने नाम पनि प्रशंसा हो,' आफ्नै मौलिक हाँसो, यसका लागि कुनै विम्ब भेटिनँ, सहित सम्हालिए, 'धेरै आइमाई चिन्न सक्नु, आत्मीय सम्बन्ध राख्न सक्नु, स्वाभाविक रूपले धेरैसँग सम्बन्ध भएपछि, धेरैलाई मद्दत गरिएको हुनुपर्छ, यिनै कुरालाई इंगित गर्न आइमाईलाई लिएर मलाई बद्नाम गरिएको हो भने त्यो त मेरा लागि ठूलो प्राइज हो ।' लौ जा । फेरि मिल्ककफी एक चुस्की ।
थी चर्चा गरम गालिव के उडेंगे पुर्जेदेख्ने हम भी गए थे, पर तमासा ना हुआ । ***स्त्रीको कुन नाम सबैभन्दा पि्रय हुन्छ ? नाम एक, अनुहार अनेक । हुन त नाम विपरीतका मानिस सडकमा घुइँचो बनाएर घिस्रिरहन्छन् । जे भए पनि, नाम सुन्दर भए, कुरा सुरु गर्न सजिलो भइदिन्छ, स्विट नेम । त्यसपछि, अरू । 'मलाई त्यस्तो नाम सम्झना छैन,' ओठ र नाक अलिकति खुम्चियो, 'नामको कुनै महत्त्व लाग्दैन ।' हरि व्याख्यान- द्रोपदीको नाम मन्दाकिनी भएको भए पनि केही फरक हुँदैनथ्यो । कस्तो संयोग हो यो ? यत्ति भने पनि उनका सन्तानको नाम 'अ' बाट उच्चारण सुरु भइदिन्छ । उदाहरणः अनुपमा, अनामिका । एउटी छोरीको नाम भने आमाले महाभारतको कुनै पन्नाबाट पैंचो मागिदिएकी थिइन्, यशोदा । 'संयोग के भन्ने ?' सिसाको झ्यालबाट बाहिर नियाल्दै सुनाए, 'नाम चै 'अ' बाटै राख्छु भन्ने सोचेर हो ।' 'अ'प्रेमी हरि अधिकारीका फ्यान कत्ति छन्, सहरमा ? यो उनलाई थाहा छैन । तर, उनलाई यत्ति थाहा छ, 'म कालिदासको फ्यान हुँ ।'कालिदासकृत 'माघ', 'भवभूति', 'भारवी' पढिसकेका उनलाई लाग्छ- संस्कृत साहित्यका बारेमा केही कुरा गर्न सक्छु । बहस नि ?'जानकारी राख्ने दाबी गर्दा अत्युक्ति हुन्छ भन्ने लाग्दैन ।'जानकारीमा छ कि छैन । कालिदासकी कुन स्त्री पात्र फिँजारिँदै हृदयमा बसेकी छन् ? उत्तर तयार रै'छ, 'शकुन्तला ।'दुष्यन्तले विवाह गरेर बिर्सिएकी शकुन्तलाले आफ्नो अस्तित्वको बारेमा दुष्यन्तलाई सम्झाउन गरेको संघर्षले नै उनलाई छोएको हो रे ! जसरी झरीको पहिलो छिटाले छुन्छ । कालिदासको बर्णनचार्तुय-भाषामाथिको आधिपत्य, चामत्कारिक शैलीका बारेमा सुनिसकेपछि मैले सोधँ, 'हाम्रो समाजकी शकुन्तलालाई कतै भेट्नुभएको छ कि छैन ?'मुस्कुराए । र, सुनाए, 'कालिदासकी अमरपात्र शकुन्तलाजस्ता पात्र भेटेको भए पनि अर्कै अवतारको रूपमा मसम्म आएका होलान् ।'एक गिलास पानी । ब्लडप्रेसर थाम्न डाक्टरले लेखिदिएका दुई ट्याबलेट, घाँटीबाट धकेलेपछि, उनी एकछिन् शान्त भए । उनको मौनताको पोखरीमा, बसेको भ्यागुताझै, मेरो प्रश्न हामफाल्यो, 'तपाईंमा दुष्यन्त छ कि छैन ?' 'अब...', एकछिन् ओठ चलाए, कने र भने, 'जीवनभर साथ दिने कसम खाएर प्रेम गर्ने र बिर्सिने अवसर पाइनँ ।' कुरा-सार यत्ति रह्यो- मेरो चरित्र त्यस्तो छैन । तर, दुष्यन्तको चरित्रको एउटा पाटो भएकाहरू अहिले पनि भेटिन सक्छन् । शकुन्तला र दुष्यन्त भेटियूँन्, नभेटियूँन्, दाङ, कालाखोलामा भेटिएकी थिइन्, हेमा बदिनी ।
'पहिला प्रेम आँखाबाट सुरु हुन्थ्यो । अहिले त दुई/चार भेटपछि प्रेम नाइटोवरिपरि घुम्न थाल्छ ।'
कुनै सिकारीले खरायोको कान समातेझै, मैलेहेमाको सुरिलो गर्दनमा हात बेरेँर उसमाथि प्रहार गर्न ठीक्क पर्दै भनँ,'म तिमीलाई माया गर्छु ।’
ग्राहक कुर्दै, निष्तेज-सपनाहीन, काँतर आँखा भएकी यो कविताकी नायिका हेमा बदिनी कालाखोलामा अझै पनि होलिन् । तर, कवितापछाडि रहस्य बनेको कथा कतै छैन । कथा के होला ? के हो कविताको रचना-गर्भ ? 'नेपालका असाध्यै पददलित, अकिञ्चन, पीडित जातिलाई सम्मान दिने हेतुले लेखेको कविता हो,' मेरो टिपोट हेर्दै दोहोर्‍याएर पढ्दै फेरि थपे, 'एउटी जवान बदिनीको नियतिलाई संकेत गरेर कविले सम्पूर्ण वादी महिलाको अत्यन्त दारुण अवस्थाको झल्की दिने प्रयत्न गरेको छ ।' गेस पेपरको कविताको सप्रसंग व्याख्याजस्तो विश्रामहीन व्याख्या गरे पनि उनी विश्वविद्यालयका, कविताका व्याख्याता समाचोलकमाथि एक शब्द खर्च गर्न चाहन्नन् । खित्खित् हाँस्दै यत्ति भन्छन्, 'गँठेमंगलप्रति कुनै धारणा नै छैन ।' 'यो त डिप्लोम्याटिक जवाफ भयो,' म चुइँकिएँ ।'कसरी ?' चस्माभित्रका आँखा तेज भए, 'सिम्पल छ । एउटी जवान बदिनी छ । एउटा ग्राहकलाई सन्तुष्टि दिँदै छे । बाहिर आँगनमा ती युवा बदिनीका भविष्यका जिउँदा तस्बिरजस्ता बूढी बदिनीहरू बसिरा'छन् । तिनको जीवनको लक्ष्य केही छैन ।'यो कविताको नायक को हो ?'महत्त्वको कुरा त्यो होइन ।' 'तर, प्रथम पुरुषमा कविता धेरै नै जीवन्त छ त । कविको आफ्नै अनुभूतिजस्तो ।'मख्ख परे, 'मेरो कविताको तागतको एउटा पक्ष त्यो पनि होला ।' यसरी सेक्स-वर्करमाथि धेरै हरफ लेखेका हरि अधिकारीले कति लेखे होलान्, प्रेमका कविता ? 'पक्का लेखेँ', नयाँ ऊर्जा भरियो, अनुहारमा, 'लेख्नसम्म लेखेँ ।''कुनै याद छ ?' 'मोस्ट अफ दि रद्दी भएकाले याद पनि राखिनँ,' जाडोले चिसिएका पाखुरा तन्काए, 'महान् प्रेम-कविता लेख्न असाध्यै गाह्रो छ ।'संसारमा सुन्दर लेख्न र सुन्दर भोग्न गाह्रो एउटै चिज छ, प्रेम । माकुराको जालझैं नरम । ***
'केटाकेटी हुर्केपछि र चालीस नाघेपछि, कोही लोग्नेमान्छे असल पति रहिरहन्छजस्तो लाग्दैन । किनभने, असल-खराब त परै जाओस्, पत्नीका निमित्त पति विचारणीय प्राणी रहिरहन्छजस्तो लाग्दैन ।’
कुरिरहेका केटीहरू पिज्जाको प्याकेट बोकेर हिँड्न थाले । एउटीले पछाडि फर्किएर हेरेपछि, अर्को प्रश्न फुर्‍यो । नयाँपुस्ताका स्त्रीसँग कत्तिको कफी पिएका छन्, हरि अधिकारीले ?अब उनी अलिकति टेबुलतिर तन्किए । र, सुनाए, 'म लेडी-किलर होइन । वुमनाइजर पनि होइन ।' यस्तो पनि त हुन्छ, नि बुद्धिसागरजी, 'व्यवहारमा कसैसँग भेट हुन्छ । सुखदुःख साटिन्छ । निकट भइन्छ ।' अनि ? 'अहिलेका युवती अलि गाढा स्नेह सम्बन्ध राख्ने कुरामा कम बिश्वास गर्छन्,' मुसुक्क हाँसे, 'अहिले slam–blam–thank–mom, प्रवृत्ति छजस्तो लाग्छ ।'श्यामश्वेत जमाना र थ्री डीको जमानाको प्रेम के फरक छ त हरिदाइ ? 'पहिला प्रेम आँखाबाट सुरु हुन्थ्यो,' अलिकति ओठका काप च्यात्दै फिस्स हाँसे, 'अहिले त दुई/चार भेटपछि प्रेम नाइटोवरिपरि घुम्न थाल्छ ।'हो र ?'जस्तो लाग्छ है... म सियोर छैन ।'हरि अधिकारी जन्ड छ, बजारले दिएको उपमा हो । उनको बुक रिभ्यु आतंक अझै कत्तिका किताबमा ग्लुझै टाँसिएका छन् । के साँच्चै जन्ड हुन्, हरिदाइ ?'म शान्त प्रवृत्तिको मान्छे हुँ,' भनिसकेपछि उनले एउटा नीति-वाक्य भट्याए । मैले बुझिनँ, शब्दशः टिपाए- सत्यम् ब्रुयात्, पि्रयम ब्रुयात्, नब्रुयात् सत्यमपि्रय । माने- साँचो बोल, पि्रय साँचो बोल, अप्रिय साँचो नबोल । अनि, पो उनले भने, 'यो नीति-वाक्यको चाहिँ मैले अनुसरण गर्न सक्या'छैन । यसैले गर्दा मलाई जन्ड भनेको हुन सक्छ ।'हरि अधिकारीका केही आदत छन् । उनले नै टिपाएका हुन्-१-टिपटप२-हि्वस्की३-भ्रमण र, बजारमा सुनिन्छ, हरि अधिकारी साहसी छन् ।हाँसे, 'ए...।' साहसी किनभने नि, गोजीका फुटेको कौडी नहुँदा पनि उनी करोडौंको गफ दिन्छन् रे ! यस्तो पो साहसी ? खिसि्रक्क परे । र, सुनाए, 'त्यो त होइन । मेरो योजना थियो ।'हरि अधिकारी मज्जाले रोएको एक जुग भयो । कहिलेकाहीँ झस्किन्छन्, म संवेदनाहीन पो भएँ कि ?कहिलेकाहीँ, कहीँकतै पुराना महिलामित्रसँग पनि भेट भइदिन्छ । ती पारिवारिक झन्झटले खिङ्रिङ परेका हुन्छन् । हरि अधिकारीका सारा सन्तान प्वाँख पलाएको पन्छीझै भुर्रर उडेका छन् । ती पुराना संकटका दिन आँखाभरि नै छन् । अहिले पनि आँखाभरि टम्म भरिने स्वणिर्म दिनको झल्को आउँछ कि आउँदैन ?हाँसे र एक प्याराग्राफ संकट सुनाए, 'मान्छेको जीवनमा यत्ति धेरै दुःख, अप्ठ्यारा र झन्झट छन् कि मानिसले आफ्नो जीवनको कुन क्षण सबैभन्दा स्वणिर्म हो, भनेर हिसाबकिताब गर्ने फुर्सदै पाउँदैनजस्तो लाग्छ ।' 'अब... असलमा म खराब पिता त होइनँ, होला,' हरि अधिकारीलाई थाहा छैन, म कतिको असल पिता बनेँ । र, यो प्रश्नको पनि रेडिमेड जवाफ छैन, कत्तिको असल पति हुँ म । हाँस्छन् र दुवै हात फैलाउँदै भन्छन्, 'केटाकेटी हुर्केपछि र चालीस नाघेपछि, कोही लोग्ने मान्छे असल पति रहिरहन्छजस्तो लाग्दैन ।' कारण कैयौं हुन सक्छन्, एउटा यस्तो हुन सक्छ, 'किनभने, असल-खराब त परै जाओस्, पत्नीका निमित्त पति विचारणीय प्राणी रहिरहन्छजस्तो लाग्दैन ।' एक पत्नीको जवाफले हरि अधिकारी सायद, कमै सन्तुष्ट होलान् । अघिल्लोपल्टको संवादमा राजकुमार बानियाँले सोध्न छुटाएको प्रश्न थियो, 'दोस्रो विवाह किन नि, हरिदाइ ?'पिताजीले लोककथाको जंगलमा फिरिरहने बालक हरिलाई पत्नी ल्याइदिएका थिए । के दोस्रोपल्टको निर्णय उनको थियो ?सबै कुरा भोलिपल्ट माछा बेरिने अखबारलाई किन भन्नु ? उनले यत्ति भने, 'दोस्रो विवाह पनि पिताजीले नै गराइदिनुभएको थियो ।' एक्काईस वर्षको उमेरमा सेक्सन अफिसर भएको छोरो मुस्ताङ जिल्लामा एक्लो भयो । बिरालोले दूध नपिई बस्न सक्छ र ? माछापुच्छ्रेको काखमा बसेको पोखरामा आफूभन्दा जेठी युवतीका केशमा तुर्लुङ्गिएको एक्लो छोरोका लागि पिताजीले नै निर्णय गरिदिए, बिहे गर । त्यसो भए, पिताजीलाई थाहा थियो, छोरो स्त्रीप्रति बढी नै लचकदार छ ?मौन । त्यसपछि फेरि कन्दै सुनाए, 'एउटा कारण त्यो पनि हुन सक्छ ।'हरिदाइको पहिलो प्रेम प्रेमिकातिरबाट ओभर डिमान्ड भएपछि तुहियो । 'प्रेम र विवाह अलग हुन् । एउटैमा दुवै भए निकै राम्रो हो,' उनले बुझेको यही हो ? धेरै स्त्रीसँग कफी पिएका हरिदाइलाई यो प्रश्न सोध्न कसरी छुटाऊ ? हरिदाइ के तपाइंसँग स्त्रीको चड्कनको अनुभव छ ?हतारको जवाफ, 'नेभर ।' र, सोचेर दिएको जवाफ, 'तपाइंलाई एउटा कुरा बताइदिऊ... मसँग निकट भएका आइमाईहरूले मप्रति कुनै गुनासो गरेकै छैनन् । चड्कनको कुरा छाडिदिनुस् ।' }अनि आफंैले आफ्ना गाला चड्काउनुभएको छ ?'मानिस गल्तीहरूको शृंखला हो । मैले पनि केही गम्भीर गल्ती गर्‍या'छु ।' गम्भीर-गम्भीर हरिदाइ, 'कहिलेकाहीँ एकान्तमा त्यसलाई सम्झेर लज्जाको अनुभव गर्छु ।'निद्राको कुनै कमी नभएका हरि अधिकारीलाई एक पेग हि्वस्की बढी भयो भने सुतिहाल्नुपर्छ । सपनाले कुरिरहेका हुन्छन् । गज्याङ्गुजुङ आउँछन्, जान्छन् । के अझै सम्झनामा छन्, ती कुनै युवाकालीन रुमानी सपना ? फिस्स हाँसे, 'स्वप्नदोष नभएको जुगै भयो ।'होइन के ! हरिदाइ मैले त 'डाक्टर बन्छु, इन्जिनियर बन्छु'जस्ता सपनाको कुरा पो गरेको त ।'राम्रो लेखक हुने सपना थियो ।''पूरा भयो ?''थाहा छैन ।''थाहा छैन,' हरि अधिकारीको अन्तरप्रेरणाले भन्छ । तर, एउटा कुरा उनलाई थाहा छ, सारा सहरलाई लाग्छ, र उनकै कविताले पनि भन्छ-
साना काँठीका दुब्ला आइमाईहरू मेरा कमजोरी हुन् र, अन्तिम प्रेम पनि ।

No comments: