Monday, November 24, 2008

क्रान्तिकारी प्रधानमन्त्रीका सामन्ती सल्लाहकार

क्रान्तिकारी प्रधानमन्त्रीका सामन्ती सल्लाहकार
- दर्ुगा सुवेदी

राजाका भक्तजन, भ्रष्टजन र तस्करजनहरुलाई माओवादीका नेताहरु धेरै प्रयोग गर्दैछन् ।

सामन्ती युगमा सामन्त र महासामन्त सम्मानित पद हुन्थ्यो । सामन्तहरूले विलासिताको लागि चाप्लुसहरूको बौद्धिक जमात आफ्नो वरिपरि राख्ने प्रचलन थियो । चाकरी र चाप्लुसी गर्ने बौद्धिक क्षमता भएकाहरू आँफू सामन्तवादी बुद्धिजीवी भएकोमा गौरव गर्थे र गर्दै आएका पनि छन् । जनताले सामन्तवादको हैकम वा हुकुमी शासनको अन्त्य गरेपछि पनि कथित बुद्धिजीवीहरू चाकरी गरेर कमाएको धन र बुद्धिविलासिताको बलमा परिवर्तित सत्ताको धुरीका नेताहरूको सल्लाहकार हु"दै आएका छन् । सत्ताका नया" मालिकको चाप्लुसी गरेर नेपाली समाजलाई भ्रष्टीकरण गर्ने र गराउने काममा उनीहरू अहिलेसम्म सफल हु"दै आएका हुन् । जनताले नेपाली कांग्रेस र एमालेलाई शासनको धुरीमा पुर्‍याइदिएको बेला उनीहरूले तत्कालीन प्रधानमन्त्रीहरूको चाकरी र चाप्लुसी गरेर आफ्नो परम्परागत हैसियत कायमै राखेका थिए । अहिले त्यही जमातले क्रान्तिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहकार हुने अवसर पाएको छ । क्रान्तिकारी तरिकाले राज्यसञ्चालन गर्न-गराउन क्रान्तिकारी बौद्धिक समुदायको सहयोग र सल्लाह नै चाहिन्छ । देशमा त्यस्तो बौद्धिक जमात तयार भएको कारणले पनि मुलुक क्रान्तिपथमा अघि बढेको हो । अब सरकार सञ्चालन गर्ने बेलामा प्रधानमन्त्रीले सामन्त र शोषकको बुद्धि किनेर नया" नेपाल बनाउने कुरालाई जनताले कसरी पत्याउने -
नेपालमा सामन्तवादको वकालत गर्दै आएको तथाकथित बौद्धिक समुदायले लामो समयसम्म राजतन्त्रको चाकरी र चाप्लुसी गर्दै आएको हो । राजालाई यस देशको मालिक मानेर आफ्नो बुद्धिविलास पर््रदर्शन गर्न उनीहरू सक्षम थिए । नेपाली जनतालाई दास ठान्ने उनीहरूको त्यो बुद्धिलाई क्रान्तिकारीले सम्मान गर्दा के अर्थ लाग्छ - अहिले उनीहरूका मालिक राजा र सामन्तवाद दुवैको बोलवाल छैन । उनीहरूको बुद्धि भनेको राजाको गुलामी गर्ने क्षमता हो । लामो समयसम्म कसैले एउटा व्यक्ति वा समूहको गुलामी गरेर बस्यो भने उसको व्यक्तित्व नै रोगी हुन्छ । गुलामी एक अस्वाभाविक स्थिति हो । गुलामीले तर्क र निर्ण्र्ाादुवै स्तरमा दिमाग एकदमै कमजोर बनाएको हुन्छ । केही कुरामा त ऊ अपाङ्ग नै देखिन्छ । त्यस्ता व्यक्तिहरू कुशाग्र बुद्धिका पनि हुनसक्छन् । तर जहा" विचारबाट निर्ण्र्ाानिकाल्नर्ुपर्छ, त्यहा" तर्कको पछि लागेर उनीहरूले गल्ती गर्छन् । त्यही गल्तीका कारण उनीहरूले नेपालमा राजतन्त्रलाई बचाउन सकेनन् । अब तिनै गुलामहरू अग्रगामी राजनीति गर्नेका सल्लाहकार हु"दाको परिणाम के होला - जसले जनतालाई गुलाम ठानेर शोषण र दमन गर्ने तर्क अघि सार्‍यो र नरसंहार गर्‍यो, त्यसलाई दण्डित गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कारस्वरूप सल्लाहकार राखेको खबर जनताले पढ्नुपरेको छ । माओवादी दलका नेताहरू जनतालाई महान भन्दाभन्दै पनि आफूलाई महान क्रान्तिकारीको रूपमा भजन र पुजन गरियोस् भन्ने प्रवृत्ति देखाउन थालेका छन् । भजन र पुजनको गाथा गाउन र लेख्न निपुण सामन्तवादी बौद्धिक समुदायले आफूलाई माओवादी नेताको निकट पुर्‍याउने प्रयास गर्ने उसको वर्ग चरित्र नै हो । कांग्रेस र एमालेको शासनकालमा उनीहरूले सम्बन्धित दलका नेता र कार्यकर्तासम्मलाई भ्रष्ट र उपभोक्तावादी बनाउने काममा सफलता हँसिल गरेकै हुन् । क्रान्तिकारी कम्युनिष्टहरू बुद्धि र विवेकलाई स्वतन्त्र राखेर बोल्न र लेख्न सक्दैनन् भन्ने सोचबाट यो जमात ग्रस्त छ । त्यसैले क्रान्तिकारी कम्युनिष्ट जमातमा सजिलै सहयात्रा गर्ने अवसर पाएकोमा उनीहरू खुसी होलान् । अहिले सत्ताको धुरीमा आइपुग्नुभन्दा पहिले भूमिगत छ"दा माओवादी नेतृत्वले राजा, कांग्रेस, एमाले सबैलाई उपयोग गर्दै आएका हुन् । त्यही रणनीति अर्न्तर्गत नै अहिले पनि उनीहरू राजाका भक्तजनहरूलाई आफ्नो प्रभावमा राख्ने कोसिस गर्दैछन् होलान् । उपयोगको नाममा राजाका भक्तजन, भ्रष्टजन र तस्करजनहरूलाई माओवादीका नेताहरू धेरै प्रयोग गर्दैछन् । त्यसैले उनीहरूको क्रान्तिकारी विचार र व्यवहारमा ठूलो अन्तर आएको जनताले देख्नुपरेको छ । क्रान्तिकालमा स"गै लडेका, स"गै दौडिएका, स"गै सुतेका-खाएका साथीहरूस"ग क्रान्तिकारी कमरेडहरूको दूरी बढ्दै गएको छ । नेताहरूलाई राजकाज चलाउने सल्लाह दिन नियुक्त भएका ती व्यक्तिहरू बुद्धिविलास गरिबसेका भ्रष्ट र साधनसम्पन्न मानिस हुन् । उनीहरूले सत्ताधारण गरेका नेताहरूलाई कस्तो सुविधा, सहुलियत र सुख चाहिन्छ भन्ने कुरा जाने-बुझेका छन् । आफ्नो योग्यताको पर््रदर्शन गरेर कांग्रेस र एमालेका नेतालाई भोगविलासी बनाउने यी व्यक्तिलाई जनताले चिनेका छन् । क्रान्तिकारी नेताले उनीहरूलाई केको लागि सल्लाहकार बनाएका होलान् - जनताले सजिलै अनुमान गर्नेछन् । यसले माओवादी पार्टर्ीीई भने ठूलै हानि होला ।
खुला राजनीतिमा नेताहरूको जीवनशैली खुला पुस्तक हो । जसले पनि पन्ना पल्टाउन सक्छ । नेताहरू हिजो के थिए, अहिले के गर्दैछन् - उनीहरूको रहनसहनमा के कस्तो परिवर्तन आइरहेछ भन्ने लुकेको हु"दैन । अहिले क्रान्तिबाट आएका माओवादी नेताहरू जो प्रधानमन्त्री-मन्त्री भएका छन्, उनीहरूले यापन गरेको जीवनशैली र रहनसहन पार्टर्ीी कार्यकर्ता र जनताका लागि अनुकरणीय हुन जरुरी छ । माओवादी पार्टर्ीी जनतालाई सामाजिक न्याय दिनेछ भन्ने विश्वाससाथ जनताले मतदान गरेका हुन् । गलामा अंग्रेजी र्टाई, अमेरिकन सुट लगाएर नेताहरू जनतामा मत माग्न गएका थिएनन् । जनताले जुन रूपमा क्रान्तिकारी नेताहरूलाई चिनेका र बुझेका थिए, अहिले सत्ताको कर्ुर्सर्ीी बस्दा त्यस्तो देखिएका छैनन् । सत्ताको विलासिताले उनीहरूलाई गा"ज्न थालेको छ । सामन्ती सत्ताको भासमा क्रान्तिकारीहरू यति चा"डै भासि"दै जालान् भन्ने जनताले सोचेकै थिएनन् । राजतन्त्रकालमा प्रधानमन्त्री-मन्त्रीहरू जसरी गरिब जनताका अगाडि सत्ताको शान-सजधज लिएर देश-विदेशको भ्रमण गर्थे, गणतन्त्रकालमा पनि त्यही सामन्ती परम्परा कायम गरेर माओवादी नेतृत्वले आफूभित्र लुकेर बसेको अतृप्त कामनाको पर््रदर्शन गर्नथालेको छ । गरिब जनताको कुनै कामना पूरा नगरी यस्तो पर््रदर्शन गर्नुलाई सामन्तवादी चिन्तनको निरन्तरता नै ठानेका छन्, जनताले ।
Source: Kantipur daily

No comments: