Sunday, November 16, 2008

बिदेसिएका युवा

प्रा.डा. दयानन्द बज्राचार्य


हरेक वर्षठूलो संख्यामा नेपाली युवा विदेसिने गर्छन् । एकथरी युवा रोजगारीका लागि भारत, मलेसिया, कोरिया र खाडी मुलुकमा जाने गर्छन् भने अर्काथरी युवा सेनामा भर्ती हुन भारत एवं संयुक्त राज्य पुग्छन् । यस्ता अधिकांश युवा विपन्नवर्गका हुन्छन् । स्वदेशमा कामको उचित अवसर नपाएर उनीहरू विदेसिन बाध्य हुन्छन् । प्रायः सम्पन्नवर्गका केही युवा उज्जवल भविष्यका लागि अध्ययन गर्न निजी खर्चमा अमेरिका, अस्ट्रेलिया र युरोप पुग्छन् । थुप्रै शिक्षित, योग्य र प्रतिभाशाली नेपाली युवा स्वदेशमा काम गर्ने उचित अवसर, वातावरण र कदरको अभावका कारण विदेसिने गर्छन् । यसरी सम्पन्न एवं विपन्न, दुवै वर्गका नेपाली युवाको विदेसिने क्रम बढ्दो छ ।
जुनसुकै कारणले नेपाली युवा
बिदेसिएका किन नहुन्, त्यस्ता युवाहरूप्रति हामी धेरैमा नकारात्मक सोच छ । उनीहरूलाई आफ्नै देशमा बसेर केही गर्न सकिन्छ र गर्नर्ुपर्छ भनेर उपदेश वा भाषण दिने गर्र्छौं तर उनीहरूको विदेसिने क्रम रोक्न कुनै प्रयास गर्दैनौं । हामी विदेसिनेे युवामा आफ्नै देशमा बसेर केही गरौं भन्ने आ“ट नभएको ठान्दछौं र देशप्रति प्रेम र र्समर्पणको अभाव देख्दछौं ।
लाखौंको संख्यामा नेपाली युवा भारतमा मजदुरी गर्छन् । इराक र अफगानिस्तानजस्ता युद्धरत देशमा समेत आपmनो ज्यानको बाजी लगाएर काम गर्छन् । खाडी मुलुकमा असह्य गर्मी सहेर मरुभूमिमा कष्टकर जीवन बिताउ“छन् । विदेशको रक्षामा आफ्नो ज्यानको बलिदान दिने गर्छन् । हामी उनीहरूलाई पैसाको लोभमा जे पनि गर्न तयार भएको ठान्दछौं । हेलाँको दृष्टिले हेर्र्छौं तर उनीहरूले यसरी कष्ट गरेर कमाएको पैसा नेपाल पठाएर देशको अर्थतन्त्र धान्न पुर्‍याएको योगदान र उनीहरूमा आश्रति दसौं लाख परिवारका सदस्यलाई पाल्दै आएको यथार्थ बिर्सन्छौं । यस्तो कष्टकर जीवन कोही पनि रहरले बा“च्न चाह“दैन । आपmनै देशमा उचित रोजगारीका अभावले ती नेपाली युवा बिदेसिएका हुन् ।
आजकल आफ्नो घरजग्गासमेत बेचेर, ऋण काढेर छोराछोरीलाई विदेशमा पढ्न पठाउने क्रम मध्यमवर्गीय परिवारमा समेत बढ्दो छ । यस्तो प्रवृत्ति देख्ता हाम्रो समाजका कतिपय समृद्ध र बौद्घकि व्यक्ति अचम्म मान्छन् । उनीहरू नेपाली
युवाका लागि नेपालभित्रै उज्ज्वल भविष्यको थुप्रै सम्भावना देख्छन् र घरजग्गासमेत बेचेर अध्ययनका लागि विदेसिनुको कुनै औचित्य देख्दैनन् ।
अरूका छोराछोरीलाई देशमै उज्ज्वल भविष्यको सम्भावना देख्ने यी 'राष्ट्रपे्रमी' व्यक्ति आफ्ना छोराछोरीलाई चाहि“ ठूलो धनराशि खर्चेर निजी खर्चमा
अमेरिका, अस्ट्रेलिया वा युरोपमा पढ्न पठाउ“छन् । हाम्रो समाजमा 'फुलब्राइट कम्युनिस्ट' को संख्या पनि कम छैन । उनीहरू आफूलाई कम्युनिस्ट भन्न रुचाउ“छन् र अमेरिकाको निकै आलोचना गर्छन् तर आफ्ना छोराछोरीलाई आफंैले खर्चेर अमेरिकामा पढ्न पठाउ“छन् । 'राष्ट्रपे्रमी' र 'फुलब्राइट कम्युनिस्ट' दुवै थरीकाले आफ्ना छोराछोरीलाई पढाइ सकेपछि त्यहीं काम गर्न र उतैको नागरिकता लिन प्रेरित गर्छन् ।
यी व्यक्ति आफूले जस्तै अरूले पनि आफ्ना सन्तानलाई विदेशमा पढाएर आपmनो सन्तानको भविष्य उज्ज्वल पार्ने सपना बोकेका हुन्छ भन्ने कुरो बुझ्दैनन् । उज्ज्वल भविष्यका लागि आफ्नो घरजग्गासमेत बेचेर, ऋण काढेर आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाउने ती निस्वार्थी आमाबाबु वास्तवमा प्रशंसाका पात्र हुन् । काठमाडौंका शिक्षित आमाबाबुले मात्र होइन, गाउ“घरका अशिक्षित आमाबाबुले समेत उज्ज्वल भविष्यका लागि आफ्नो पेट काटेर सन्तानलाई हिजोआज स्वदेश वा विदेशमा पढ्न पढाएकोे पाइन्छ । शिक्षाको महत्त्वबारे नेपाली समाजमा विकसित चेतनाको प्रमाण हो यो । आजको एक्काइसौं शताब्दीको भूमण्डलीकरणको युगमा युवाहरूले स्वदेशमा मात्र नभई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने क्षमता हासिल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यस्तो अवस्थामा विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने नेपाली युवाको चाहना वास्तवमा नेपालको भविष्यका लागि राम्रो कुरा हो ।
विदेशमा पढ्न गएका नेपाली युवा त्यहा“को आधुनिक जीवनशैलीमा हराउ“छन् र बिग्रिन्छन् भन्ने सोच पनि नेपाली समाजमा व्याप्त छ । नेपालमै बसेर पढ्ने युवामात्रै सप्रिने र विदेशमा पढ्ने युवा बिग्रिने भन्ने सोच र निष्कर्षगलत हो । विदेश कहिल्यै नगएका र नेपालमै पढ्ने गरेका थुपै्र नेपाली युवा पनि पश्चिमी आधुनिक जीवनशैलीमा हराएर बिग्र्रिएका छन् । यो त हुने बिरुवाको चिल्लो पात र नहुने बिरुवाको फुस्रो पात भनेजस्तै हो । बिग्रिने जहा“ पनि बिग्रिन्छ र सप्रिने जहा“ पनि सप्रिन्छ ।
अध्ययनका लागि बिदेसिएका युवा न विदेशमा सफल हुन सक्छन् न त स्वदेशमै भन्ने सोच पनि हामी धेरैमा विद्यमान छ । यो पनि हाम्रो पर्ूवाग्रही सोच हो । विदेशमा पढेर विदेशमै अति सफल जीवन बिताइरहेका नेपालीको संख्या पनि खोजेमा थुप्रै भेटिन्छ । विदेशमा पढी नेपाल र्फकेर देशविकास कार्यमा लागेका सफल नेपाली युवाको संख्या पनि कम छैन । आज नेपालमा पेसागत क्षेत्रको नेतृत्व तहमा कार्यरत अधिकांश व्यक्तिले विदेशमा उच्च शिक्षा हासिल गरेको पाइन्छ ।
थुप्रै शिक्षित, योग्य र प्रतिभाशाली नेपाली युवा स्वदेशमा काम गर्ने उचित अवसर, वातावरण र कदरको अभावका कारण विदेसिने गर्छन् । 'राम्रो मान्छे' भन्दा 'हाम्रो मान्छे' ले बढी अवसर पाउने हाम्रो समाजमा योग्य र प्रतिभाशाली युवालाई आफ्नो क्षमताअनुसारको अवसर पाउन त्यति सजिलो छैन । कतिपय प्राज्ञिक संघसंस्थामा समेत योग्यताको उचित कदर गरि“दैन । कहिलेकाहीं विद्यावारिधि उपाधि प्राप्त व्यक्ति र एसएलसी, प्रम्ााणपत्र तह उत्तर्ीण्ा व्यक्ति एकै तहको पदमा कार्यरत हुने गरेको पाइन्छ । यस्तो अवस्थामा योग्य व्यक्ति हीनताबोधले ग्रसित हुनु स्वाभाविक हो । कतिपय यस्तो अवस्थामा योग्य व्यक्तिलाई विदेश पलायन हुनुबाहेक अरू विकल्प हु“दैन ।
कतिपय युवाको शैक्षिक योग्यता यस्तो प्रकारको हुन्छ उसले चाहेर पनि राज्यको सहयोगबिना स्वतन्त्र भएर आफ्नो पेसा अ“गाल्न सक्दैन । उदाहरणका लागि एक उत्कृष्ट अणुवैज्ञानिकले आफ्नो प्रयासले मात्र आवश्यक पर्ूवाधार र प्रयोगशाला निर्माण गर्न सक्दैन । यस्ता युवालाई राज्यको सहयोगबिना देशभित्रै काम गर्न सम्भव हु“दैन । फलस्वरूप उनीहरू विदेसिन बाध्य हुन्छन् तर विदेशमै बसेर पनि यी प्रतिभाशाली नेपाली युवाले मानवसमाजको विकासमा योगदान पुर्‍याउ“दै आएको र नेपालको प्रतिष्ठा बढाइरहेको हुन्छ ।
देशको वर्तमान आर्थिक, सामाजिक र राजनीतिक अवस्था हर्ेदा आगामी दिनमा पनि विभिन्न कारणले नेपाली युवा विदेसिने क्रम घट्ने सम्भावना देखि“दैन । विदेसिने युवाको बाध्यता र आकांक्षालाई राम्ररी बुझेर उनीहरूलाई आफ्नै देशमा काम गर्ने उचित अवसर र वातावरण सिर्जना गर्न राज्यले विशेष प्रयास गर्नर्ुपर्छ ।


Source: Kantipur Daily
Posted on: 2008-11-15 10:09:56

No comments: