Thursday, October 30, 2008

Nepal sambat

काठमाडौं, कार्तिक १२ - नेपाल संवत् ११२९ बुधबारदेखि सुरु ह“ुदैछ ।
त्यसबेलाका एक र्सवसाधारण व्यापारी शंखधर साख्वाःले १ हजार १ सय २९ वर्षघि कान्तिपुरका जनतालाई ऋणमुक्त गर्राई राष्ट्रकै नाममा स्थापना गरिएको नेपाल संवत्लाई यसपालि सरकारले राष्ट्रिय संवत् घोषणा गरेको छ । राष्ट्रिय सम्वत घोषणा गर्न सम्बन्धित विभिन्न संघसंस्था, विज्ञ र संस्कृतिविदहरूले माग गर्दै आएका थिए ।
काठमाडौं, भक्तपुर र ललितपुर सहरका सडक, चोक र गल्लीहरूमा नव वर्षनेपाल संवत् ११२९ को शुभकामना -न्ह“ दूया भिन्तुना) भनी लेखिएका तुलहरू र स्वागत द्वारहरू बनाइएका छन् । बुधबार र्‍यालीसमेत निकालिनेछ ।
चियापान कांग्रेस सभासद नवीन्द्रराज जोशीले नेपाल संवत् र दीपावलीको अवसरमा आफ्नो निर्वाचन-८ मा चियापान कार्यक्रम गरेका छन् । मंगलबार यट्खास्थित निवासमा आयोजित चियापानमा कांग्रेस उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतका नेताहरूको उपस्थिति थियो । कार्यक्रममा नेवार समुदायका जनसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
Posted on: 2008-10-28 22:18:35
window.google_render_ad();

No comments: