माओ अमेरिका गएका भए †
नारायण खड्का
आफ्ना गुरुले पूरा नगरेको इच्छा साकार पार्न सफल भएका छन् पुष्पकमल दाहाल ।
दोस्रो विश्वयुद्धताका अमेरिकाको चीन-नीतिका दर्ुइ प्रमुख उद्देश्य थिए- चियाङ काइसेकको नेसनलिस्ट पार्टर्ीीकोमिन्ताङ) को सरकारलाई जापानविरुद्धको लडाइ“मा सहयोग गर्नु र
चीनमा साम्यवादी सत्ता स्थापना हुन नदिनु ।
तर युद्धको अन्तिम चरणमा आइपुग्दा चिनिया“ कम्युनिस्ट पार्टर्ीीे बढ्दो शक्ति र जापानविरुद्ध उसको युद्ध क्षमता देखेर चीनमा कार्यरत अमेरिकी परराष्ट्र विभागका अधिकारीहरूले फरक सुझाव दिए । त्यसकै आधारमा सन् १९४४ जुलाईमा अमेरिकी राष्ट्रपति पm्याङलिन रुजभेल्टले सैनिक र राजनीतिक विशेषज्ञहरूको एउटा टोली चिनिया“ कम्युनिस्ट पार्टर्ीीे नियन्त्रण क्षेत्रको राजधानी येनान पठाए ।
'डिक्सी मिसन' भनिने यो टोलीको कार्य अमेरिकी सहयोग पाइरहेको चियाङ काइसेकको नेसनलिस्ट सरकार र चिनिया“ कम्युनिस्ट पार्टर्ीीुवैको संयुक्त शक्ति उपयोग गरी जापानविरुद्ध प्रयोग गर्नु थियो । साथै यो टोलीले चिनिया“ कम्युनिस्ट पार्टर्ीीचीनमा तत्कालीन
सोभियत संघको भूमिका र जलवायुसम्बन्धी अन्य गोप्य सूचनाहरू संकलन गर्ने जिम्मेवारी पनि पाएको थियो ।
त्यसबेला माओत्सेतुङ चिनिया“ कम्युनिस्ट पार्टर्ीीे सर्वोच्च नेताका हैसियतमा स्थापित भइसकेका थिए । माओले आपmना सहयोगी मित्र चाउ एनलाई र चु तेहका साथ राष्ट्रपति रुजभेल्टको त्यो टोलीलाई बडो उत्साहका साथ स्वागत गर्न आफैं हवाई मैदान पुगेका थिए । यसका पछाडि सैनिक र राजनीतिक
कारणहरू थिए ।
माओको बुझाइमा जापानलाई परास्त गर्न अमेरिकी सैनिक शक्ति आवश्यक थियो । यसमा चिनिया“ कम्युनिस्ट पार्टर्ीीअमेरिका र चीनको नेसनलिस्ट सरकारको साझा हित जोडिएको थियो । माओको सोच थियो- जापान परास्त भएपछि चिनिया“ कम्युनिस्ट पार्टर्ीीई चियाङ काइसेक सरकारकै बराबरी हैसियतमा राखेर संयुक्त सरकार निर्माण गर्न अमेरिकी सहयोग जुटाउन सके त्यसपछि कम्युनिस्ट पार्टर्ीीे पर्ूण्ा नियन्त्रण सम्भव भइहाल्ने थियो ।
यथार्थमा राष्ट्रपति रुजभेल्टको टोलीलाई माओले सम्झाई पनि सकेका थिए । माओ तत्कालीन सोभियत संघको जापानसम्बन्धी दोधारे नीत्रि्रति विश्वस्त थिएनन् र अमेरिकाको तुलनामा सोभियत शक्ति कमजोर पनि थियो । चीनमा साम्यवादी व्यवस्था लागू गरे पनि सत्तामा आएपश्चात प्राविधिक र आर्थिक सहयोगका लागि माओ अमेरिकास“ग दिगो सम्बन्ध राख्न चाहन्थे । तर चियाङ सुरुदेखि नै डिक्सी मिसनको विरोधमा थिए ।
सन् १९३७ मा चीनमाथि जापानी हमलापश्चात चिनिया“ कम्युनिस्ट पार्टर्ीीे प्रयास जापानविरुद्ध केन्द्रित थियो । १९४१ मा जापानले अमेरिकाको पर्ल हार्वरमा हमला गरेपछि चियाङले पनि जापानमाथि युद्ध घोषणा गरे । अमेरिकालाई जापानविरुद्धको लडाइ“मा संयुक्त युद्धमोर्चा आवश्यक थियो । लडाइ“ घनीभूत हु“दै जा“दा राष्ट्रपति रुजभेल्टको टोली, माओ र उनका सहयोगी मित्रहरू चिनिया“ कम्युनिस्ट पार्टर्ीी चियाङको संयुक्त सरकारका पक्षमा थिए । तर चीनको तत्कालीन राजधानी चुङ्किङमा कार्यरत उच्च अमेरिकी कूटनीतिज्ञ र वासिङ्टनमा कार्यरत पदाधिकारीहरू भने चियाङको प्रभावमा आएर यसको विरोधमा थिए ।
यही विवादका बीच सन् १९४४ नोभेम्बरमा राष्ट्रपति रुजभेल्टका निजी प्रतिनिधिका रूपमा मेजर जनरल पेटि्रक हर्ली येनान आए । माओस“ग केही चरणको भेटघाटपछि चियाङ र चिनिया“ कम्युनिस्ट पार्टर्ीीे संयुक्त सरकार गठनसम्बन्धी माओको प्रस्तावमा चियाङको प्रारम्भिक सहमति छ भन्दै पा“चब“ुदे सम्झौतापत्र प्रस्तुत गरेे । पत्रमा सबभन्दा मुख्य बु“दा थियो- राजनीतिक र नागरिक स्वतन्त्रताको सुनिश्चितता । अन्य ब“ुदाहरूमा नेसनलिस्ट पार्टर्ीी चिनिया“ कम्युनिस्ट पार्टर्ीीे संयुक्त सरकार गठन गर्ने, संयुक्त सैनिक परिषद्मा कम्युनिस्ट पार्टर्ीीे प्रतिनिधित्व हुने, सबै सशस्त्र सेनाहरू संयुक्त सरकारको नेतृत्वमा एकीकरण हुने आदि उल्लेख थिए ।
माओले त्यो पा“चबु“दे सम्झौतामा हस्ताक्षर गरे र चियाङलाई दबाब दिलाउन हर्लीलाई पनि अर्को प्रतिमा सही गर्न बाध्य गरे । १९४४ नोभेम्बर १० मा राष्ट्रपति रुजभेल्टलाई 'चिनिया“ जनताको भलाइका लागि चियाङस“ग मिलेर काम गर्ने इच्छा रहेको र अमेरिकी कार्यालयको सहयोगबाट आफूले अचानक सो इच्छा महसुस हुनसक्ने आशा राखेको' भनी पत्र लेखे । तर चियाङले सो सम्झौतामा सही गर्न नमँन्दा यसको कार्यान्वयन हुन सकेन ।
माओले आशा मारेनन् । १९४५ जनवरीमा अमेरिका गएर राष्ट्रपति रुजभेल्टस“ग भेटेर वार्ता गर्ने प्रस्तावसहित पत्र लेखे । तर त्यो पत्र अमेरिकी सैन्य प्रमुख र रुजभेल्टका प्रतिनिधिबीचको विवादमा फस्यो । राष्ट्रपतिका प्रतिनिधिले चियाङ र माओ दुवैलाई राजनीतिक एकता कायम गरी स“गै निम्ता गर्ने सुझाव दिएका थिए, जुन माओलाई स्वीकार्य थिएन । माओले आफूलाई राष्ट्रपतिका प्रतिनिधिबाट धोका भएको ठाने ।
जापानको पराजय, चियाङस“ग तत्कालीन सोभियत संघको सम्झौता र अमेरिकाको युद्धशक्तिलाई मध्यनजर गर्दै अमेरिका भ्रमण गर्ने पत्र पठाएको एक वर्षम्म माओ र अमेरिकी उच्च पदाधिकारीबीच सर्म्पर्क कायम रह्यो । तर अस्पष्ट अमेरिकी नीति र चियाङको घमण्डका कारण सबै प्रयास असफल भए । परिणामस्वरूप सन् १९४६ को मध्यतिर चियाङको नेसनलिस्ट सरकार र कम्युनिस्ट पार्टर्ीीच गृहयुद्ध चल्यो । अनि तीन वर्षछि माओ चीनमा कम्युनिस्ट पार्टर्ीीे नेतृत्वमा जनगणतन्त्र स्थापना गर्न सफल भए ।
अमेरिकास“ग सम्बन्ध टुटेको करिब अढाइ दशकपछि माओले आफ्नै देशमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई भेटे र पुरानो घाउ बिर्सर्ेेनया“ अध्यायका लागि चीन-अमेरिका सम्बन्धको ढोका खोलिदिए । माओको प्रस्तावित अमेरिका भ्रमण नहुनु चीन र चिनिया“ कम्युनिस्ट पार्टर्ीीे लागि मात्रै नभएर अमेरिकाली हित र विश्व प्रजातन्त्रको भविष्यका लागि इतिहासले सधैं एउटा गुमेको स्वणिर्म अवसरका रूपमा लिनेछ ।
अमेरिका जाने माओको व्यक्तिगत चाहनाका पछाडि विभिन्न कारणहरू थिए । युवाकालमा उनले कार्ल मार्क्सभन्दा पहिले जर्ज वासिङ्टन र अब्राहम लिंकनको नाम सुनेका थिए । अमेरिकालाई बेलायती साम्राज्यवादबाट मुक्त गराउने नायकका रूपमा माओले जर्ज वासिङ्टनको प्रशंसा गर्थे । अन्य देशमा साम्राज्य खडा नगरेकाले अमेरिकालाई माओले चीनको भलाइका लागि उपयोगी हुनसक्ने देशका रूपमा चित्रण गर्थे । चिनिया“ कम्युनिस्ट पार्टर्ीी सैन्य कमान्डर चु तेहले त आफना केही दस्तालाई अमेरिकी कमान्डमा राख्ने प्रस्तावसमेत राखेका थिए भने माओले येनानमा अमेरिकी कन्सुलेट कार्यालय खोल्न सुझाव दिएका थिए ।
माओद्वारा सन् १९४४ मा जारी निर्देशिकामा भनिएको थियो, 'अमेरिका, बेलायत र क्यानाडाबाट आवश्यक आर्थिक, प्राविधिक र चिकित्सकसम्बन्धी सहयोग लिने र उनीहरूलाई वैदेशिक लगानी तथा प्राविधिक सहयोग प्रदान गर्न अनुरोध गर्ने ।'
१९४५ सेप्टेम्बरमा एक विदेशी पत्रकारले स्वतन्त्र र प्रजातान्त्रिक चीनसम्बन्धी चिनिया“ कम्युनिस्ट पार्टर्ीीे परिभाषा के हो भनी माओलाई सोध्दा उनले जवाफ दिएका थिए, 'केन्द्रदेखि सबै तहका सरकारहरू जनताले न्यायिक र स्वतन्त्रपर्ूवक मत हालेर निर्माण गर्ने, जसबाट जनताले जनताद्वारा जनताका लागि भन्ने अब्राहम लिंकनको अवधारणाको कार्यान्वयन हुन सकोस् ।' विडम्बना सन् १९४५ सम्म स्वतन्त्रता र प्रजातन्त्रबारे लेख र विचार दिने माओले १९४९ मा आएर अधिनायकवादी साम्यवादी व्यवस्था लागू गरे ।
माओको अमेरिका भ्रमण भएको भए विश्व प्रजातन्त्रको इतिहासमा महत्त्वपर्ूण्ा आयाम थपिने थियो । अमेरिकाले माओ र उनका सहयोगी मित्रहरू चाउ एनलाई, चु तेह, लिन पियाओजस्ता नेताहरूलाई आफ्नो मित्र बनाउने मौका मात्रै गुमाएन, चिनिया“ कम्युनिस्ट पार्टर्ीीई नरमपन्थी वामशक्ति बनाएर चीनलाई प्रजातान्त्रीकरण गर्दै लैजाने सुनौलो अवसर पनि गुमायो । अमेरिकाले माओलाई मात्रै गुमाएन, दोस्रोयुद्धलगत्तै कोरिया र पछि भियतनाममा चीनलाई युद्धमोर्चामा भेट्यो ।
माओको अमेरिका भ्रमण गर्ने इच्छा पूरा भएको भए दोस्रो विश्वयुद्धपश्चातको साम्यवादी इतिहासको रूपरेखा धेरै फरक हुने थियो । अमेरिकाको सुझबुझ भइदिएको भए ५१ वर्षो उमेरमा माओको पहिलो विदेशयात्रा अमेरिका हुने थियो तर ५६ वर्षो उमेरमा पहिलो भइदियो सोभियत संघ । साम्यवादी क्रान्तिमा होमिएका उत्तर कोरिया, भियतनाम, कम्बोडियाको इतिहास पनि निश्चय नै फरक हुने थियो होला । माओवादका नाममा संर्घष्ा गरिरहेका नेपाललगायत अन्य देशका कम्युनिस्ट पार्टर्ीीे क्रान्तिको स्वरूप पनि फरक हुने थियो होला ।
यसै पनि क्रान्तिबाट नभएर माओले भनेजस्तै जनताले मत दिएर सरकार गठन गर्ने पद्धतिलाई अंगाल्न पुगेको नेपाल कम्युनिस्ट पार्टर्ीीाओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना गुरुले पूरा नगरेको इच्छा साकार पार्न सफल भएका छन् । माओको अपर्ूण्ा इच्छाको ६२ वर्षछि गत असोजमा अमेरिका पुगेर राष्ट्रपति जर्ज बुसस“ग हात मिलाउन सफल भए उनी ।
अमेरिका जसले माओवादीविरुद्ध आतकंकारीको बिल्ला झुन्डयाएकै छ, त्यहा“ प्रधानमन्त्रीले प्रजातन्त्रको वकालत र अन्तर्रर्ााट्रय सहयोगको अपिल गर्ने तर स्वदेश फर्केर जनगणतन्त्रको मोडेलमा जाने अभिव्यक्ति दिएका छन् । यो राजनीतिक बेइमानी हो । विडम्बना के भने माओले अमेरिका भ्रमणको अपर्ूण्ा इच्छापश्चात एकदलीय अधिनायकवादी जनगणतन्त्र लागू गरेका थिए । बाटो बिराएका उनका नेपाली अनुयायीले बहुदलीय प्रजातन्त्रको बाटोबाट अमेरिका पुगेपछि त्यो बाटो अब जनगणन्त्रात्मक हुन्छ भन्दैछन् । उनीस“ग नेपाली जनताको सामना गर्ने र विश्वलाई चकित गराउने साहस भए जनगणतन्त्रमा गए हुन्छ । साहसका लागि कमसेकम माओको आत्माले धन्यवाद त देला †
लेखक कांग्रेसका केन्द्रीय नेता हुन् ।
सभार कान्तिपुर October 20th 2008
Monday, October 20, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment