Wednesday, October 22, 2008

Love for Culture

दौरा सुरुवाल अभियानमा गोर्खाल्यान्ड
३०-असोज-२०६५,बिहिवार



गोर्खाल्यान्डको माग गर्दै दार्जलिङ्गमा दौरा सुरुवाल र गुन्यु चोलि लगाउने अभियान नै चलेको छ। शान्तिपूर्ण आन्दोलनमा उत्रिएको दार्जलिङवासीहरु आफ्नो पहिचानलाई आन्दोलनको कार्यक्रम बनाइरहेका छन् भने यता नेपालमा भने आफ्नो राष्ट्रिय पोशाकलाई सरकारका नेतृत्वकर्ताहरुले नै मिल्काएका छन्। स्वायत्त राज्यको माग गर्दै दार्जलिङ्गवासीहरु नेपालको पहिचमान बोकेको पोसाक दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोली लगाउन आह्वान गरिमात्र रहेका छन्, सबैले यो अभियानमा हातमा हात मिलाएका छन्। काठमाडौंका दौरा सुरुवाल सिलाउने टेलरिङ्ग सेन्टरहरु समेत यतिखेर दार्जलिङ्गको दौरा सुरुवालको अडर पुरा गर्न व्यस्त छन्। भने कतिपय नेपालीहरु दार्जलिङ्गको यो अभियानका लागि दौरा सुरुवाल सिलाउन पुगेका छन्। यता संविधान बनाउन चुनियका सभासद्हरु भने रंगी बिरंगी पोसाकमा संविधानसभामा पुगेका हुन्छन्। स साना निहुँमा पनि नाराबाजी हुन्छ। नेपाल बन्द र टायर बाल्ने काम गरिन्छ। दार्जलिङ्गवासीले आन्दोलनलाई आफ्नो सस्कृति बचाउने अभियानसँग जोडेका छन्। यसबाट नेपाली हुँ भनेर गर्व गर्नेले पाढ सिक्नु पर्ने सस्कृतिविद्हरु बताउँछन्। नेपाल बाहिरको नेपालीमा नेपाली पहिचानको कस्तो महत्व छ भन्ने उदाहरण यतिबेला दार्जलिङ्गमा देख्न पाइन्छ। तर नेपालमा भने परम्परा संस्कृति र रितिरिवाज लोप हुदै गएको छ।


( Source: weeklynepal.com)

No comments: