Wednesday, January 7, 2009

प्रधानमन्त्रीको प्रतिबद्दता, कार्यनयन र मौशम

भोज राज

लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री "प्रचन्ड" ले जती सार्वजनिक प्रतिबद्दता शायद अहिले सम्म कुनै पनि नेपाली प्रधानमन्त्रीले गरेका छैनन होला । प्रतिबद्दता कार्यनयन भएन भनेर सडक देखी सदन सम्म चर्को बिरोध पनि शायद प्रचन्ड जती अरु कसैले खेप्नु परेको छैन होला। अल्टिमेटम त कती कती। शायद प्रचन्डलाई सम्झन पनि गाह्रो पर्दो हो। एही क्रममा सरकारी कामकाज चुस्त भएन भनेर धेरै बिरोध भयपछी २ हप्ता पहिले प्रचन्ड आँफैले अबदेखी कुनै पनि मन्त्रिपरिशद सद्स्य सार्वजनिक कार्यक्रममा उद्घघाटन, शिलन्यास जस्ता कार्यक्रममा नजाने प्रतिबद्दता गरेका थिए। तर मन के मन्थ्यो र प्याराग्लाइडिङ जस्तो कार्यक्रमको उद्घघाटन त्यस्मा पनि अझ आँफै प्याराग्लाइडिङ पनि गर्न पाउने। तर दुर्भाग्यानै भन्नु पर्ला मौशम खराबिले त्यो इछ्छा पुराहुन सकेन्छ प्रधानमन्त्रीको। मलाई त अब कता कता प्रकृतिले पनि अब त अती भयो भन्ने बुझ्न थालेको जस्तो लाग्यो किनकी आफ्नै प्रतिबद्दता उलंघन गरेर आएका प्रधामन्त्रिलाई मौशमले ठेगान लगाइदिएछ। एसबाट प्रधानमन्त्रिले केहीकुरा चांही मनन गर्नै पर्छ । अब जनतालाई मिठो बोलेर काम चलीराखे पनि अब प्रकृतिले छोड्ने वाला छैन भनेर। धन्य छ प्रकृतिलाई हामी प्रतिबद्दता सुनेर वाक्क भएका सर्बसाधारणको तर्फबाट ।

.....................................................................................................................................................................

मौसमले साथ दिएन प्रधानमन्त्रीलाई
अजय हमाल (सभार कान्तिपुर)
कोटडाँडा -ललितपुर, पुस २२ - राजधानीनजिकै पहिलोपल्ट मंगलबार प्याराग्लाइडिङ सुरु हुने खबरले सबै उत्साहित थिए । त्योभन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले आफैं उडेर उद्घाटन गर्ने भएपछि उपस्थित दर्शकको उत्साहको सीमै थिएन ।
प्रधानमन्त्री उड्ने प्रतीक्षामा उपत्यकाको दक्षिणमा अवस्थित विसंखुनारायण गाविसको कोटडाँडामा हजारौं दर्शक उपस्थित थिए । भाषणको कार्यक्रम सकेर प्रधानमन्त्री उड्नका लागि तयार पारिएको स्थानसम्म पनि आइपुगे । तर उनको हावामा उड्ने इच्छा भने पूरा भएन । त्यो क्षणले प्रधानमन्त्रीलाई डरको स्थितिबाट त मुक्त गरायो तर उनलाई हावामा हेर्ने इच्छा पूरा नभएकामा सबै निराश हुन बाध्य भए ।
मौसमले साथ नदिएपछि प्रधानमन्त्रीसहित अन्य मन्त्रीले उडेर प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम पूरा हुन सकेन । तर पनि आयोजकले लिखितरूपमा प्रधानमन्त्रीले त्यसको उद्घाटन गरेका थिए ।
'उड्ने भएपछि म निकै उत्साहित भएको छु,' उड्नका लागि प्रतीक्षा गरेको समयमा प्रधानमन्त्रीले भने, 'मैले यहाँ प्याराग्लाइडिङ सुरु हुने थाहा पाएपछि नै उड्ने निधो गरेको थिएँ ।' उड्नका लागि २० मिनेटको प्रतीक्षासम्म आवश्यक हावा नचलेपछि उनीसहित गृहमन्त्री वामदेव गौतम, पर्यटनमन्त्री हिसिला यमी तथा संविधानसभा सभासद् वर्षमान पुनलगायतको प्याराग्लाइडिङ गर्ने कार्यक्रम स्थगित भएको थियो ।
प्रधानमन्त्रीलगायत अन्य मन्त्रीले प्याराग्लाइडिङलाई खेलकुद पर्यटनका रूपमा हेर्दै यसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले कोटडाँडालाई प्याराग्लाइडिङ क्षेत्र घोषणा गर्न सरकारलाई कुनै आपत्ति नहुने बताए । उनले आजकै मितिदेखि त्यसको प्रक्रिया अगाडि बढाउने आश्वासनसमेत दिए ।
'खेलकुदमार्फत यसले पर्यटन विकासमा ठूलो योगदान पुर्‍याउन सक्छ भने यसलाई प्याराग्लाइडिङ क्षेत्र घोषणा गर्न कुनै गाह्रो छैन,' उनले भने, 'तर पनि यसका कानुनी प्रक्रिया बुझेर यो घोषणा गर्नेछु ।' उनले यसलाई सामान्य गाउँमा आएर कुनै कार्यक्रमको उद्घाटनका रूपमा नहेरी देशभर पर्यटन, खेलकुद र आर्थिक समृद्धिको संकेतका रूपमा लिएको बताए ।
यसअघि आयोजक काठमाडौं प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ कम्पनीका अध्यक्ष केशव स्थापितले प्रधानमन्त्रीसमक्ष कोटडाँडालाई प्याराग्लाइडिङ क्षेत्र घोषणा गर्न माग गरेका थिए । 'हाम्रो प्रधानमन्त्रीलाई उडाउने कार्यक्रम पूरा हुन सकेन,' स्थापितले भने, 'त्यसले हामीलाई अलि दुःखी बनाएको छ । उहाँ उड्न तयार हुनुभयो त्यो नै ठूलो हो ।'
उनले निकट भविष्यमा इलाम, तानसेन, पोखरा आसपास तथा बन्दीपुरमा पनि प्याराग्लाइडिङ सुरु गर्ने जानकारी गराए । 'राजधानीनजिकै सुरु भएकाले यसको महत्त्व झनै बढेको छ,' उनले भने, 'यसले देशको आर्थिक उन्नतिमा ठूलो योगदान पुर्‍याउन सक्छ । यसको सम्भावना नेपालका धेरै ठाउँमा छन् र यसले प्रत्यक्षरूपमा रोजगारीका अवसर समेत सिर्जना गर्न सक्छ ।'
स्थापितले आफ्नो कम्पनीको उद्देश्य प्याराग्लाइडिङका साथै स्वदेशमै चालक उत्पादन गर्ने रहेको बताए । 'हामीले चालक बनाउने उद्देश्यसमेत राखेका छौं,' उनले भने, 'अहिलेसम्म विदेशी मात्र रहेको स्थितिमा नेपाल चालक बनाउन आवश्यक छ । चालकले राम्रो आम्दानीसमेत गर्न सक्छन् ।' उनले अहिले आठ विदेशी चालक राखेर दैनिक उडान गराउने जानकारी दिए ।
झन्डै डेड दशकपहिले नेपालमा भित्रिएको यो साहसिक खेल यसअघि पोखरामा मात्र केन्दि्रत थियो ।

No comments: